अन्तिम १० मिनेटमा बजारले बाजी जित्यो, नेप्से हरियो र कारोवार २ अर्ब ४३ करोड
काठमाडौं, २२ माघ। आज सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा १४ अंकको वृद्धि आएको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिममा घट्ने प्रयासमा थियो । तर, कारोबार सकिनुभन्दा १० मिनेटको अन्तरालमा नै १४ अंकको वृद्धि आएपछि दोहोरोको अंकले बढेर बन्द भएको हो ।
आज २ अर्ब ४३ करोड ८० लाख रुपैयाँ बराबरको ७४ लाख ९१ हजार कित्ता सेयर किनबेच भएको छ । यसक्रममा १४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८६ वटा कम्पनीको मूल्यमा भने गिरावट आएको छ । यस्तै, १३ वटा कम्पनीको मूल्य भने स्थिर छ ।
परिसूचक दोहोरो अंकले बढ्दा नेपाल टेलिकम र पिपल्स पावर लिमिटेडको मूल्य समान १०÷१० प्रतिशतले बढेको छ । यसबाहेक समाज लघुवित्त वित्तीय संस्था र जोशी हाइड्रोपावार डेभलपमेन्ट कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यसक्रममा ४ वटा कम्पनीको सूचक भने घटेको छ । आज होटल र टुरिजम, उत्पादनमूलक, म्यूचुअल फण्ड र निर्जीवन बीमा कम्पनीको सूचक घटेको हो । यसबाहेक सबैजसो कम्पनी समूहहरुको सूचक बढेको छ ।
प्रतिक्रिया दिनुहोस्