दयाहाङको प्रतिस्पर्धा आफ्नै फिल्मसंग भन्छन् , बढी नै फिल्म गरेँ

काठमाडौं,२१ माघ । नेपाली फिल्म क्षेत्रको धेरै लामो इतिहात त छैन तर पनि हाम्रो सिनेमाका प्रमुख पात्र नायकले अभिनयमा छलाङ मार्न भने सकेका छैनन् । यसबीच नयाँ पुराना थुप्रै नायकहरुले आफ्नो स्थान बनाएका छन् जस मध्येका एक हुन्, दयाहाङ राई । नेपाली फिल्म उनकै वरिपरि घुमेको छ । यस वर्ष घोषणा भएका फिल्मदेखि प्रदर्शन हुन लागेका फिल्मसम्म प्रायः दयाहाङका छन् । पछिल्ला समय उनीका आफ्ना फिल्म संग आफ्नै फिल्म भिड्न थालेको छन । गत बैशाख १ गते ‘जारी’ र ‘बिहे पास’बीच भिडन्त भएको थियो । अब यही माघ २६ मा ‘हात्तीछाप’ र ‘दयारानी’ भिड्दैछन् ।

आफ्नै फिल्म एउटै मितिमा रिलिज हुनुलाई दयाहाङले नयाँ अनुभव मानेका छन् । आफूले धेरै फिल्ममा काम गरेकाले यो अवस्था आएको पनि उनको स्वीकारोक्ति छ । उनी भन्छन्, ‘यस वर्ष दुईटा मितिमा गरि मेरो चारवटा फिल्म प्रदर्शनमा आए । यसले मलाई अर्को अनुभव बटुल्ने मौका दिएको छ । मैले अलि बढी नै फिल्म गरेका कारणले पनि यो अवस्था आएको हो कि भन्ने लागेको छ ।’

दयाहाङ भन्छन् काम गर्नैपर्ने बाध्यता छ । तर, अबको एक वर्ष नयाँ फिल्म सम्झौता गर्ने सोचमा उनी छैनन् । उनी भन्छन्, ‘मैले तत्काल नयाँ फिल्म साइन गर्न मानेको छैन । अब जति पनि फिल्ममा मैले काम गर्नुपर्नेछ, त्यो एक डेढ वर्ष अगाडि नै सम्झौता गरेको थिएँ । सम्भवतः अबको एक वर्षसम्म नयाँ फिल्म साइन गर्दिनँ ।’

नयाँ फिल्म सम्झौता नगरे पनि घोषणा हुन ५ वटा फिल्म अझै बाँकी रहेको दयाहाङले खुलासा गरेका छन् । ‘घोषणा नभएका तर मैले काम गर्ने वचन दिएका अझै ५ वटा फिल्म छन् ।

एकसाथ प्रदर्शन हुन लागेका ‘हात्तीछाप’ र ‘दयारानी’ वर्षौंपछि हेर्दा पनि ताजगी लाग्ने दयाहाङको विश्वास छ । उनी भन्छन्, ‘बनेको हिसाबले ‘दयारानी’ पुरानो हो । यो फिल्म ५ वर्ष अगाडि नै बनेको थियो । तर, यसको कथा वर्षौंसम्म पनि ताजा रहन्छ भन्ने मलाई लाग्छ । ‘हात्तीछाप’ पनि वर्षौंसम्म ताजा रहिरहँला । यी दुईवटै फिल्मको स्वाद फरक छ । त्यसैले दर्शक पनि फरक हुन सक्छन् ।’

प्रतिक्रिया दिनुहोस्