नेपाल इन्भेष्टमेन्ट मेगा बैंक पनि यस वर्ष लाभांश नबाँड्ने सूचिमा

काठमाडौं, १९ माघ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आ.व २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेकोछ ।

बैंकको शुक्रबार माघ १९ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्