प्रधानमन्त्री कप विजेतालाई १० लाख पुरस्कार

काठमाडौं, १९ माघ। छैटौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष पदम बहादुर खड्काले विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने अनलाइनखबरलाई जानकारी दिएका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याटरले समान २० हजार प्राप्त गर्नेछन् । उदीयमान खेलाडीले १० हजार प्राप्त गर्नेछन् ।

फाइनलमा शनिबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । पुलिस अपराजित रहँदै र आर्मी १४ अंकका शीर्ष दुईमा रहेर फाइनल खेलेको हो ।

२०१७ को पहिलो संस्करणमा पुलिस र आर्मीले फाइनलमा वर्षाको कारण उपाधि बाँडेका थिए । २०१९ मा पुलिसले फाइनलमा आर्मीलाई हराउँदै उपाधि जितेको थियो ।

२०२१ को फाइनलमा आर्मीले एपीएफलाई हराउँदै उपाधि जितेको थियो । यस पटक देखी प्रधानमन्त्री कप लिगमा आयोजना भएको हो ।

प्रतिक्रिया दिनुहोस्