बंगलादेशविरूद्ध खेलमा कप्तान देव खनाल आउट

काठमाडौं, १७ माघ । यू–१९ विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरूद्धको खेलमा ब्याटिङ गरिरहेको नेपालले चार विकेट गुमाएको छ।

दक्षिण अफ्रिकामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दुवै ओपनरसहित चार विकेट गुमाएको हो।

चौथो विकेटको रुपमा कप्तान देव खनाल ३५ रन जोडेर आउट भएका छन्। उनले विशाल विक्रम केसीसँग चौथो विकेटको लागि ६२ रनको साझेदारी गरे। २७.४ ओभरमा आउट भएका देवले ६० बलमा ३ चौका हिर्काए।

त्यसअघि तेस्रो विकेटको रुपमा अर्जुन कुमाल १४ रनमा आउट भएका थिए। आकास त्रिपाठी ३ रन र ओपनर विपिन रावल २ रनमा आउट भएका थिए।

नेपालले सुपर सिक्सका दुई खेल खेल्नुअघि नै सेमिफाइनल नपुग्ने निश्चित भइसकेको छ।

त्यसकारण नेपालले आजको खेलमा दवाबरहित हुन पहिले ब्याटिङ रोजेको हो।

प्रतिक्रिया दिनुहोस्