सुनचाँदिको मूल्य सामान्य बढ्यो

काठमाडौं,१५ माघ । सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । माघ १५ गते, सोमबार सुन प्रतितोला ३०० रुपैयाँले बढेको छ भने चाँदिको मूल्य ५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख १८ हजार ३ सय रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १७ हजार ७५० रुपैयाँ कायम भएको छ ।

आइतबार सुन छापावाला सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य समेत तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी एक हजार ४०५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्