एचआइडीसीएलको मुनाफा दोस्रो त्रैमासमा बढ्यो
काठमाडौं,१५ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको खुद नाफा बढेको छ ।
यसअवधिमा खुद नाफा ११।४१ प्रतिशतले बढेर ७५ करोड २७ लाख ३० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६७ करोड ५२ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
एक वर्षको अवधिमा आम्दानी बढ्दा खुद नाफा बढेको हो । यसअवधिमा सञ्चालन आम्दानी १८१.६२ प्रतिशतले बढेर १ करोड २३ लाख ४९ हजार रुपैयाँ पुगेको छ । वित्तीय आम्दानी ४.६२ प्रतिशतले बढेर १ अर्ब ७ करोड ७५ लाख ४५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष १४ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष २ करोड ११ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।
दोस्रो त्रैयमासको मसान्तसम्म एचआइडीसीएलको चुक्ता पुँजी २२ अर्ब ७७ करोड ५७ लाख ९९ हजार रुपैयाँ पुगेको छ । जगेडा कोषमा १ अर्ब ८९ करोड ७ लाख ६० हजार रुपैयाँ छ । नाफासँगै प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । प्रतिसेयर आम्दानी २६ पैसाले बढेर ६ रुपैयाँ ६१ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ३० पैसा छ ।
प्रतिक्रिया दिनुहोस्