नेप्से परिसूचक र कारोबार निरन्तर घट्दो

काठमाडौं,११ माघ । नेप्से परिसूचक र कारोबार रकम निरन्तर घट्ने क्रमलाई आज पनि निरन्तरता दिदै घटेर बन्द भएको छ । गत साताको मंगलबारदेखि घट्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३।४९ अंक घटेर २०८४.०९ विन्दुमा झरेको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.९६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०।२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२७ अंक घटेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०४ स्टकको ९१ हजार ३६४ पटकको कारोबारमा ३ अर्ब ७६ करोड ४५ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ता शेयर खरिदबिक्री भएको छ ।

नेप्से घटेपनि यस दिन सामलिङ्ग पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ४८ रुपैयाँ ४० पैसा बढेर ५३२ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन मिड सोलु हाइड्रोपावर र इन्फिनिटी लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन सिटिजन्स म्युचुअल फण्ड २ को इकाई मूल्य सर्वाधिक ५।०३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेकोछ भने दोस्रोमा ङादी ग्रुप पावर छ ।

बिहीबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक बढेको हो । कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १।०३ प्रतिशत घटेको छ ।

 

प्रतिक्रिया दिनुहोस्