पुवा खोला–वान हाइड्रोपावरले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल नियुक्त

काठमाडौं, ११ माघ । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले एलएस क्यापिटल (लक्ष्मी सनराइज) क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

हाइड्रोपावरले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १९,४६,६६० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

उक्त सम्झौतापत्रमा पुवा खोला–वान हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कदम के।सि तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडको इलाम जिल्लामा अवस्थित ४ मेगावाट क्षमताको जलविद्युत आयोजना छ ।

प्रतिक्रिया दिनुहोस्