सहारा क्लबलाई हराउँदै थ्री स्टार क्वार्टरफाइनलमा

काठमाडौं,९ माघ । आयोजक सहारा क्लबलाई हराउँदै थ्री स्टार क्लब आहारारा गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा पुगेको छ ।

पोखरा रंगशालामा भएको खेलमा थ्री स्टारले आयोजक सहारा क्लबलाई २–१ ले हरायो ।

थ्री स्टारलाई जिताउन योगेश गुरुङ र एञ्जल महर्जनले गोल गरे । सहाराका आशिष गुरुङले १ गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।

शनिबार हुने क्वार्टर फाइनलमा थ्री स्टारले भुटानको पारो एफसीसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्