सूर्यको नयाँ कीर्तिमान प्रधानमन्त्री कपमा

काठमाडौं,९ माघ । सूर्य तामाङ अर्थात वागमती प्रदेशका युवा बलरले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नयाँ कीर्तिमान बनाएका छन् । टियुमा जारी खेलमा गण्डकी प्रदेशका ईश्वर क्षेत्रीलाई ३६ रनमा क्याच गराउँदै सूर्य एकै प्रधानमन्त्री कपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् ।

सूर्यको यो जारी प्रतियोगिता २१ औं विकेट हो । उनले नेपाल पुलिस क्लबका ललित नारायण राजवंशीले २०१९ मा एकै संस्करणमा लिएको २० विकेटको कीर्तिमान तोडेका हुन् ।

सूर्यले टियुमा सुरुवाती दुई खेलमा पुलिस र एपीएफसँग ३–३ विकेट लिएका थिए । मुलपानीमा मधेशसँग ह्याट्रिकसहित ६ र आर्मीसँग ५ विकेट लिएका थिए । त्यसपछि टियुमा कोशीसँग २ र मुलपानीमा कर्णालीसँग १ विकेट लिएका थिए । पिएमकपमा हालसम्म एकै संस्करणमा सर्वाधिक विकेट लिने खेलाडीहरु यस प्रकार छन् ।

पहिलो संस्करण २०१७ – सुशान भारी (आमी) ५ खेल – १४ विकेट

दोस्रो संस्करण २०१८ – सुशान भारी (आर्मी) ६ खेल– १२ विकेट

सोमपाल कामी (आर्मी) ६ खेल – १२ विकेट

तेस्रो संस्करण २०१९ – ललित नारायण राजवंशी (पुलिस) – ६ खेल २० विकेट

चौथो संस्करण २०२१ – अभिनाश बोहरा (एपीएफ) ५ खेलमा – १४ विकेट

पाँचौं संस्करण मौसम ढकाल (एपीएफ) ६ खेलमा – १५ विकेट

प्रतिक्रिया दिनुहोस्