लेखा परीक्षकको नियुक्ति अनुमोदनसँगै एन्फाको विशेष साधारण सभा समाप्त

काठमाडौं, ८ माघ । अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारणसभाले आर्थिक वर्ष २०७९।८० को लेखा परिक्षणका लागि एसएलबी एन्ड एसोसिएट्सलाई नियुक्त गर्ने निर्णय अनुमोदन गरेको छ ।

यसअघि एन्फाको केन्द्रीय कार्यसमिति बैठकले आर्थिक वर्ष २०७९।८० को लेखा परिक्षणका लागि एसएलबी एन्ड एसोसिएट्सलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

साधारण सभाका लागि लेखा परीक्षक नियुक्तिको अनुमोदन एउटा मात्रै एजेण्डा रहेको र त्यो एजेण्डा पारित गरेर साधारण सभा गरिएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

यो एन्फाको ३ महिनभित्र बसेको दोस्रो साधारण सभा थियो । यसअघि कात्तिक २३ गते हेटौंडामा विशेष साधारणसभा भएको थियो । यस्तै १४ फागुनमा एन्फाले नियमित साधारण सभा पनि बोलाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्