राजस्वले व्यापारी नरेश अग्रवालको घरमा छापा मार्दा २ करोड नगद बरामद

काठमाडौं,५ माघ । काठमाडौँको क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । घरमा २ करोड नगद फेला परेको छ ।

विभागका सूचना अधिकारी नवराज अधिकारीले व्यापारी अग्रवाललाई पक्राउ गरिएको बताए । उनले भने– ‘उहाँलाई नियन्त्रणमा लिएका छौं । अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा पनि संलग्न भएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्