रिलायबल नेपाल लाइफले बोनस प्रस्ताव पारित गर्न बोलायो वार्षिक साधारण सभा

काठमाडौं,५ माघ । रिलायबल नेपाल लाइफ इन्सुरेन्सले माघ २९ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको बिहीबार बसेको सञ्चालको समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

सभा लिसरा ब्यांक्वेट, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीले सेयरधनीलाई आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १६% बोनस सेयर र कर तिर्न ०.८४% नगद गरी कुल १६.८४% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

सभामा सर्वसाधारण सेयरधनी समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा छ । सभा प्रयोजनका लागि इन्सुरेन्सले माघ १५ गते बुक क्लोज गर्ने जनाएको छ । इन्सुरेन्समा माघ १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्