कोशीविरुद्ध आशुतोषको उत्कृष्ट अर्धशतक

काठमाडौं,५ माघ । बागमती प्रदेशका युवा ब्याटर आशुतोष घिरैयाले आफ्नो लयलाई निरन्तरता दिँदै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशविरुद्ध उत्कृष्ट अर्धशतक पूरा गरेका छन् ।

आशुतोषले प्रधानमन्त्री कपमा आफ्नो दोस्रो अर्धशतक ४७ बलमा पूरा गरेका हुन ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले १४ ओभरमा १ विकेट गुमाउँदै ८५ रन बनाएको छ । आशुतोष ५५ बलमा ११ चौका र २ छक्कासहित ६६ रनमा क्रिजमा छन् ।

आशुतोषले व्यक्तिगत ४१ रनमा जीवनदान पाएका थिए । चोभार एन्डबाट आएका कमल खत्रीको दशौं ओभरको दोस्रो बलमा फस्ट स्लिपमा सुजन थपलियाले एक सहज क्याच छाड्दै जीवनदान दिएका थिए ।

कोशीलाई पहिलो सफलता वायाँ हाते तीव्र गतिका बलर कमल खत्रीले दिलाएका थिए । कमलको छैटौं ओभरको पहिलो बलमा ईशान पाण्डे लङअनमा सर्ट खेल्ने धुनमा मिड अनमा भुपाल लुईंटेलबाट ६ रनमा समातिए ।

कोशी सुरुवाती चारै खेलमा पराजित भएको छ । बागमतीले चार मध्य दुई खेल जितेको छ । पछिल्लो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले हराएको हुँदा बागमतीको मनोबल उच्च छ ।

प्रतिक्रिया दिनुहोस्