कोशी ८८ रनमा अलआउट, साहब आलमको बलिङ घातक

काठमाडौं, ४ माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका साहब आलमले घातक बलिङ गरेपछि कोशी प्रदेश ८८ रनमा अल आउट भएको छ ।

आलम एक्लैलै ६ विकेट लिएको खेलमा कोशी प्रदेश २४.४ ओभरमा ८८ रन बनाउँदै अलआउट भएको हो । आलमले ६.४ ओभरमा ३ मेडनसहित मात्र १४ रन दिएर ६ विकेट लिएका हुन् ।

१२.२ ओभरमा ७० रनमा ३ विकेट गुमाएको कोशीको ब्याटिङ बाँकी १८ रन जोड्दा थप ७ विकेट गुमाएको थियो । कोशीका लागि कप्तान अंकित सुवेदीले सर्वाधिक ४१ रन बनाए । उनले ३७ बलमा ९ चौका प्रहार गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्