माघको पहिलो दिन सुनको भाउ बढ्यो
काठमाडौं, १ माघ । महिनाको पहिलो दिन आज सुनको भाउ बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १९ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । यसअघि, आइतबार छापावाल सुन १ लाख १९ हजार २०० रुपैयाँ कायम भएको थियो ।
तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो । सोमबार चाँदीको भाउ भने स्थिर रहेको छ ।
सोमबार चाँदीको भाउ प्रतितोला १४ सय २० रुपैयाँ कायम रहेको छ । आइतबार पनि चाँदी सोही भाउमा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ५४।३८ डलरमा र चाँदी प्रतिऔंस २३।२५ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्