एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स पाउने पहिलो नेपाली मनिष

काठमाडौँ, पुस २६ गते । नेपालका फुटबल गोलकिपर प्रशिक्षक मनिष तिम्सिना एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली बनेका छन् ।

मलेसियन फुटबल संघ (एफएएम) ले आयोजना गरेको कोर्समार्फत गोलिकपिङ ए लाइसेन्स मनिषले प्राप्त गरेका हुन् ।

उनी हाल कलिंगा सुपर कपका लागि आफ्नो टोलीसँग ओडिशामा छन् । मनिष तीन वर्षदेखि आईलिग क्लब गोकुलम केरलाको गोलकिपर प्रशिक्षक छन् ।

आई लिगमा आवद्ध हुने उनी पहिलो नेपाली प्रशिक्षक समेत हुन् । उनलेआई लिग उपाधि पनि जितेका छन् ।

मनिषले गत सिजन शही स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङदी क्लबको गोलकिपर प्रशिक्षकका रूपमा काम गरेका थिए ।

विराटनगरका उनले खेलाडीका रुपमा थ्री स्टार, रानीपोखरी कर्नर टिम (आरसीटी), हिमालयन शेर्पा, बाँसबारी, स्वयम्भू, ब्रिगेड ब्वाइजबाट व्यावसायिक फुटबल खेले ।

मनिषले पूर्वाञ्चलबाट पाँचौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका थिए । उनले नेपाली यु१५ राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षकको रुपमा पनि काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्