लाभांश वितरण नगर्ने लिष्टमा थप दुई लघुवित्त
काठमाडौं,२६ पौष । लाभांश वितरण नगर्ने लिष्टमा दुई लघुवित्त किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड थपिएका छन् ।
गत कात्तिक २२ गते बसेको धौलागिरी लघुवित्तको सञ्चालक समितिको बैठकले १५ प्रतिशत लाभांश वितरण गरेकोमा पुस २५ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
त्यसैगरी, पुस २६ गते बसेको किसान लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट लाभांश वितरण नगरी सञ्चित मुनाफामै राख्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्