सुनचाँदीको मूल्यमा झिनो गिरावट, सुन तोलाको १ लाख १८ हजार ५ सय रुपैयाँ

काठमाडौं,२५ पौष । आज बुधबार सुनचाँदीको कारोबार मूल्यमा झिनो गिरावट आएकोछ । सुन तोलामा एक सय र चाँदी ५ रुपैयाँ घटेको छ ।

बुधबार सुनको कारोबार मूल्य १ लाख १८ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनका तुलनामा २ सय घट्दा मंगलबार १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको कारोबार मूल्य बुधबार तोलाको १४ सय १० रुपैयाँ भएको छ। सोमबार कायम प्रति तोला १४ सय १५ रुपैयाँमा मंगलबार स्थिर थियो। यसअघि बितेका चार दिन सोमबारसम्म तोलाको १४ सय २० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रति औंस २०२८.५८ डलर छ । मंगलबार प्रति औंस २०३२.१३ डलरले कारोबार भएको थियो । गत आइतबार २०४५.५७ डलर रहेको सुन सोमबार प्रति औंस २०३१.८ डलर भएको थियो ।

चाँदीमा पनि गिरावट छ। मंगलबार प्रति औंस २३.०९ डलरले कारोबार भएको चाँदी बुधबार २२.९४ डलर भएको छ।

 

प्रतिक्रिया दिनुहोस्