सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश दिने घोषणाा
काठमाडौं, १७ पुस । सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश दिने घोषणाा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश वित।ण गर्ने घोषणा गरेको हो ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको कम्पनीले जनाएको छ । पुस १६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
प्रतिक्रिया दिनुहोस्