मिर्मिरे लघुवित्तले नगद लाभांश वितरण गर्ने घोषणा
काठमाडौं १६, पौष । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ६.३२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो।
पुस १३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो नगद लाभांश वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्