नेपाल सुपर लिग च्याम्पियन बन्न सफल भयो ललितपुर सिटी एफसी

काठमाडौं, १५ पुष । ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएस) २०२३ को नयाँ च्याम्पियन बन्न सफल भयो । धनगढी एफसीका लागि भने पुरानै उपविजेता बन्दै छ ।
शनिवार दशरथ रंगशालामा भएको फाइनलमा ललितपुरले एक गोलले पछि परेको स्थिति उल्टाउँदै साविक उपविजेता धनगढीलाई ३९२ ले हरायो । यस जितका नायक रहे नाइजेरियन खेलाडी इमोह इजेकेल । जसले सन २०१६ मा रियो ओलम्पिकमा नाइजेरियन यू ९२३ टिमबाट कांस्य पदक समेत जितेका थिए ।

ललितपुरका मुख्य प्रशिक्षक इयान आन्द्रे गिलानले आफ्नो टिम लायकको भएकाले प्रतियोगिता जितेको बताए । ‘हामी राम्रो टिम थियौं र राम्रो फुटबल पनि खेल्यौं,’ उनले भने, ‘अरु टिमलाई सम्मान नगरेको होइत तर हामी प्रतियोगिताकै उत्कृष्ट टिम थियौं ।’

खेलमा सुरुमा अग्रता धनगढीले लिएको थियो । ३७औं मिनेटमा ओलावाले आफजिले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफ इन्जुरी टाइमको पनि अन्तिम समयमा इमोह इजेकेलले फ्रीकिकमा गोल गर्दै खेल १९१ को बराबरीमा ल्याए ।

पहिलो हाफमा यी दुई गोल बाहेक खासै राम्रो मुभ थिएन । तर पहिलो हाफमै बराबरी गोल गरेपछि दोस्रो हाफको सुरुदेखि नै ललितपुरले उच्च मनोबलका साथ खेल्यो । ललितपुरको रणनीति नै अट्याकिङ फुटबल खेल्ने थियो । त्यही लयमा खेल्यो ।
दिनेश हेन्जनले ५०औं मिनेटमा गोल गर्दै ललितपुरलाई २९१ को अग्रता दिलाए । इमोहले नै ५८औं मिनेटमा गोल गरेपछि ललितपुरले अग्रता फराकिलो बनायो । इन्जुरी टाइममा अहमद हिजाजीले धनगढीका लागि गोल फर्काए पनि त्यो ढिला भइसकेको थियो ।
प्रशिक्षक इयानले हेन्जनले गरेको गोल महत्वपूर्ण भएको बताए । ‘दोस्रो गोल हाम्रो लागि महत्वपूर्ण थियो । त्यसपछि तेस्रो गोल भयो । उनीहरुले अन्तिममा सान्त्वना गोल गरे । दिनको अन्तिममा हामी च्याम्पियन भयौं,’ उनले भने ।

च्याम्पियन टिमका कप्तान अनन्त तामाङले सिल्ली मिस्टेकले गोल खाए पनि पहिलो हाफको इन्जुरी टाइममै गोल फर्काउनु भाग्यमानी भएको बताए । ‘सुरुमा डिफेन्सको समस्याले गोल खायौं तर पहिलो हाफको इन्जुरी टाइममा गोल गर्न सफल भयौं । त्यसमा भाग्यमानी रह्यौं ।’
उता धनगढीका मुख्य प्रशिक्षक युगल किशोर राईले पहिलो हाफमा अग्रता लिएर पनि गोल खानु नै टर्निङ प्वाइन्ट भएको बताए । ‘जुन पहिलो गोल खायौं त्यो त्यसले नै खेलमा असर गरेको जस्तो देखियो । कन्फिडेन्स डाउन भएजस्तो भयो । त्यो गोल यदि नभएको भए खेलको कथा अर्कै हुन्थ्यो,’ राईले खेलपछि निराश हुँदै भने, ‘खाने गोल खाँदा केही हुँदैन तर नखानुपर्ने गोल खाएकोले समस्या भयो ।’

लगातार दुई फाइनलमा पराजित हुँदा आफू इमोसनल भएको भन्दै उनले टिमका सबैलाई धन्यवाद दिँदै अर्को पटक बलियो भएर आउने बताए ।

पहिलो खेल जितेर प्रतियोगिता सुरु गरेको ललितपुरले अन्तिम खेल पनि जितेर लिग सकायो । ललितपुरको यो च्याम्पियन यात्रा भने आफैंमा रोलर कोस्टर रहृयो । विभिन्न उतारचढाव आयो । तर लय गुमाएन हिम्मत हारेन । ललितपुरले ट्रफी उचाल्यो ।
ललितपुर लिग चरणका सुरुआती पाँच खेलमा अपराजित थियो तर अन्तिम तीन खेलमा जम्मा एक अंक मात्र जोड्न सक्यो । लिगको अन्तिम दुई खेलमा पराजित भयो ।
अझ लिगको अन्तिम खेलमा साविक विजेता काठमाडौं रेजर्ससँग पराजित हुँदा पनि ललितपुर भाग्यमानी बन्दै चौथो भएर प्लेअफ पुग्न सफल भएको थियो ।

एक समय यस्तो पनि आएको थियो कि ललितपुरलाई प्लेअफ पुग्न अन्तिम खेल जित्नैपर्नेछ । तर कथा केही फेरिंदै गयो । अन्य खेलको नतिजाले यसरी अनुकुल बनायो कि ललितपुर अन्तिम खेलमा पराजित भएर पनि भाग्यमानी बन्दै प्लेअफ पुग्यो ।

ललितपुरले त्यही काठमाडौंलाई पहिलो एलिमिनेटरमा ३९० ले हराएर दोस्रो क्वालिफायरमा स्थान बनायो । त्यहाँ लिग चरणमा शीर्ष भएको तर पहिलो क्वालिफायरमा पराजित पोखरा थण्डर्सलाई ललितपुर दश खेलाडीमा समेटिए पनि अतिरिक्त समयमा २९१ ले पराजित गरेर पहिलो पटक फाइनलमा स्थान बनाएको थियो । निर्णायक तथा अन्तिम खेलमा पनि ललितपुरले त्यो लय कायम राख्दै साविक उपविजेता धनगढीलाई निर्धारित समयमै पराजित र्गयो ।

ललितपुरका स्कटिस९अष्ट्रेलियन कोच इयान गिलान हरेक खेललाई ‘कप फाइनल जस्तै’ मान्थे । उनी जित्दा पनि उति धेरै उत्साही र हार्दा पनि धेरै हतास देखिएनन् । हरेक खेलपछि पोष्ट म्याच कन्फ्रेन्स र प्रिम्याच कन्फ्रेन्समा उनी शालिन भएर प्रस्तुत हुन्थे । नकआउट चरणका खेलअघि उनै गिलानले आफ्नो टिमको यात्रालाई ‘रोलर कोस्टर’ भनेका थिए ।

एनएसएलको दोस्रो संस्करणको अक्सनदेखि नै भाग्यमानी ललितपुर सिटीको टिम पेपरमा बलियो देखिएको थियो । फ्रान्सदेखि नाइजेरियासम्मका अनुभवी खेलाडी अनुबन्ध र्गयो । अनि प्रशिक्षकमा अष्ट्रेलियन इयान गिलानलाई भित्रायो ।

मार्की तथा कप्तान अनन्तदेखि राष्ट्रिय टिमका दिनेश हेन्जन सनिश श्रेष्ठ र सेसेहाङ आङदम्बे ललितपुरको टिममा थिए । यस्तै यू९१९ राष्ट्रिय टिमका कुशल देउबा र अश्विन घोरासिनी टिममा थिए । घरेलु लिगमा खेलिरहेका खेलाडी पनि थिए । त्यसमा अनुभवी विदेशी खेलाडी अनि अनुभवी प्रशिक्षक । ललितपुर पूर्ण रुपमा टिम जस्तै देखिएको थियो । अन्तिममा त्यो प्रमाणित पनि भयो ।

‘हामी विजेताको लायक थियौं,’ प्रशिक्षक गिलानले भने, ‘लिगमा हामी चौथो भयौं । एलिमिनेटर जित्यौं र क्वालिफायर जित्दै र त्यसपछि फाइनल । हामी उत्कृष्ट टिम थियौं । धेरै कठिन थियो ।’ यसमा टिम व्यवस्थापनदेखि टिममा संलग्न सबैको उत्तिकै मिहिनेत रहेको उनले बताए । उनले तीन फिजियोको कामलाई सधैं प्रशंसा गर्दै आएका छन् ।

अनि ललितपुरको यो समग्रमा यात्राको स्कृप्ट कसले लेख्यो त रु भनेर उनै प्रशिक्षकलाई सञ्चारकर्मीले प्रश्न गर्दा उनले भने, ‘यसको स्कृप्ट ९कथा० मैले नै लेखेको हुँ । हामी धेरै गोल गर्न प्रयास गर्छौं । इमोह सर्वाधिक गोलकर्ता पनि बने ।’

च्याम्पियनका विजेता र पुरस्कारहरु
एनएसएल २०२३ विजेता:  ललितपुर सिटी पुटबल क्लब (ट्रफी र नगद ७० लाख पुरस्कार)
उपविजेता स् धनगढी एफसी (नगद २० लाख)

विधागत उत्कृष्टहरुः
मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) स् अनन्त तामाङ (गोल्डेन बल र नदग २ लाख) – ललितपुर सिटी
हाइएस्ट स्कोरर स् इमोह इजेकेल (गोल्डेन बुट र नगद एक लाख) – ललितपुर सिटी
बेस्ट गोलकिपर स् जेफ्रीविली मार्सल बाल्टुस (गोल्डेन ग्लोभ्स र नगद एक लाख) – ललितपुर सिटी
राइजिङ प्लेअर स् रोहन कार्की (नगद १ लाख)९ धनगढी एफसी
फेयर प्ले अवार्ड स् वीरगञ्ज युनाइटेड एफसी (नगद १ लाख)

प्रतिक्रिया दिनुहोस्