शान्ति, विकास र त्यागी राजा वीरेन्द्रलाई हामी कहिल्यै भुल्न सक्दैनौं: अध्यक्ष खनाल

काठमाडौं, १४ पुस । राजा वीरेन्द्रको आवश्यकत र अपिहार्यता झनै खड्किदै गएको सरोकारवालाहरुले बताएका छन् ।
स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले आयोजना गरेको राजा बीरेन्द्रको ७९औं जन्मजयन्तिको अवसरमा ललितपुरको जावलाखेल स्थित शालिकमा माल्र्यापणसहित दिप प्रज्वलन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ सञ्चार उद्यमी उज्जलजंङ्ग पराक्रम शाहले विश्व शान्तिका दुत एवं विकास र जनतापे्रमी राजा वीरेन्द्रको आवश्यकता र अपिहार्यता आज झनै खड्किदै गएको बताउनु भएका हो ।

उहाँले राजा वीरेन्द्र आज पनि अधिकांश नेपालीको हृदयमा उत्तिकै सम्मानित र स्मरणीय रहको बताउँदै उहाँले राष्ट्रप्रेमी राजा वीरेन्द्रको वंश नास गर्ने हत्यारालाई कारवाही गर्न‘पर्ने बताउनु भयो । देश भ्रष्टाचारले जजर हुँदै गएको हुँदा राजा वीरेन्द्रको गरेको विकास, विश्व शान्तिको लागि गरेको त्यागको अनुशरण गर्नु पर्ने बताउनु भयो । आज जनताले धैरे सास्ती व्यहोर्नु परेको छ । जनतालाई काढा घोच्नु भनेको मलाई घोच्नु हो भन्ने, जनतालाई परेको समस्या आफ्नै हो भनि बुझ्ने राज वीरेन्द्र भएको हुँदा आज उहाँका अपिहार्यत र आवश्यकता झनै खड्किएका छ उहाँले भन्नुभयो, ‘प्रत्येक नेपालीको आस्थाका केन्द्र, शान्तिका दुत राजा वीरेन्द्रलाई स्मरण गर्दै गर्दा उहाँको हत्यारलाई पत्ता नलाग्नु दुःखद् कुरो हो ।’

स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानका अध्यक्ष शिबहरी खनालले विश्वशान्ति क्षेत्र घोषणको लागि त्याग गर्ने नेता राजा वीरेन्द्रले नेपाली जनतालाई गरेको प्रेम, विश्वास, विश्व शान्तिको लागि गरेका योगदान, समृद्ध नेपाल निर्माणको लागि गरेको त्यागलाई हामी कहिल्यै भुल्न नसकिने बताउनु भयो ।

प्रतिष्ठानका सचिव रञ्जित धमलाले राजा वीरेन्द्रको देश र जनताप्रति गरेको त्यागको उच्च मुल्यांकन गर्दै उहाँको शान्ति र विकासको गरेका कामको अनुशरण गर्नुपर्ने बताउनुभयो । उहाँले राजा बीरेन्द्र र राजसंस्थालाई गलत देख्ने राजनीतिक दल÷नेता तथा व्यक्तिहरु भ्रष्ट छन् भन्ने कुरा त प्रष्टै छ र प्रमाणित भइसकेका बताउनुभयो । उहाँले जनताको लागि होइन आफ्नै परिवार र दलगत स्वार्थमा लिप्त भएको टिप्पणी गर्नुभयो । स्थानीय तहदेखि प्रदेश र संघ सरकारसम्म सेटिङ्ग गरेर देशमा ब्रह्मलुट गरेका छन् । छिटो भन्दा छिटो हत्यारा पत्तालगाई सत्य तथ्य यथार्थ नेपाली जनतासमक्ष ल्याउन प्रतिष्ठान राज्यसँग माग गर्दछ । राजा वीरेन्द्रको जीवनी पठ्यक्रममा राख्नु पर्नेमा उहाँको जोड छ ।
कार्यक्रममा अभियान्ता काजीलाल श्रेष्ठ, शिवसेना नेपालो अध्यष कुमार बस्नेत लगायत विभिन्न संघ/संस्थाका अभियन्ताहरुले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
वि.स.२०५८ जेठ १९ गते राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका आठजना सदस्यहरु एकै ठाउँमा हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्