सुन र चाँदीको मूल्य मंगलबार बढ्यो

काठमाडौ १० पौष । साताको दुई दिन स्थिर रहेको सुनचाँदी मूल्य मंगलबार भने बढेको छ । सुन तोलामा ६ सय र चाँदी १० रुपैयाँ बढेको हो ।

कारोबार मूल्य सुन प्रति तोला १ लाख २० हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रति औंस २०५२.९९ डलरले कारोबार भएको सुन सोमबार २०५५.७१ डलर भएको थियो । मंगलबार २०६१.७२ डलर पुगेको छ ।

चाँदी आइतबार र सोमबार प्रति औंस २४.२ डलरमा स्थिर थियो। मंगलबार भने बढेर २४.३५ डलर भएको छ।

 

प्रतिक्रिया दिनुहोस्