प्रभु महालक्ष्मी लाइफको हकप्रद प्रस्तावसहित साधारण सभा आव्हान

काठमाडौं ६, पौष । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले हकप्रद प्रस्ताव सहित पुस २९ गते वार्षिक साधारण सभा डाकेको छ ।

साधारण सभा अर्पण ब्यांकेट, बानेश्वर, काठमाडौंमा दिउँसो ३ बजे सुरु हुनेछ । सभामा यस इन्सुरेन्सले १७ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

साविक प्रभु र महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना र संस्थापक तर्फ ४ जना सञ्चालक नियुक्त गर्नेछ ।

सभा प्रयोजनको लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्दैछ । पुस १२ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्