मुक्तिनाथ विकास बैंकले गर्यो लाभांश घोषणा
काठमाडौं ६, पौष । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकले हाल कायम चुक्ता पूँजीको १०.२६३२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । यसमध्ये ९.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.५१३२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश रहेको छ ।
पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्