सर्वोत्तम सिमेन्टको आइपिओ निष्कासन हुने

काठमाडौं ५, पौष । नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टको प्राथमिक शेयर स्वीकृत गरेको छ ।

बोर्डले योग्य संस्थागत लगानीकर्तालाई शेयर बाँडफाँट गरेपछिको निष्कासनको लागि स्वीकृति दिएको हो । सर्वोत्तम सिमेन्टलाई आइपिओ स्वीकृति दिई सकिएको छ ।
कम्पनीलाई एक अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको ३६ लाख कित्ता शेयर निष्कासनको लागि अनुमति दिइएको हो । कम्पनीले प्रति कित्ता तीन सय ६० रुपैयाँ ९० पैसाका दरले शेयर निष्कासन अनुमति पाएको बोर्डले जनाएको छ । यसअघि त्यसैमा योग्य संस्थागत लगानीकर्तालाई कम्पनीले ५०१ रुपैयाँ दरमा शेयर दिएको थियो। जसमा १० प्रतिशत घटाएर स्थानीय प्रभावित सँगै सर्वसाधारणलाई शेयर निष्कास गरिने छ ।

सुरुवाती समयमा बुक बिल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्ताले बोलकबोल मार्फत शेयर पाउने भएपनि त्यस पछिको प्रक्रिया भने नियमित शेयर निष्कासन झैँ नै हुने छ । कम्पनीले सबैभन्दा पहिले स्थानीयलाई शेयर निष्कासन गर्ने छ । स्थानीयसँगै वैदेशिक रोजगारमा रहेकालाई कम्पनीले शेयर निष्कासन गर्ने छ । त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्कासन गर्ने छ ।

अरू कम्पनीको प्राथमिक शेयरमा १० कित्ता मात्रै आवेदन दिन सकिने भएपनि यसमा भने ५० कित्ता भन्दा कम आवेदन दिन पाइने छैन । जसको लागि आवेदनकर्ताले ५० कित्ता शेयरमा आवेदन दिन १८ हजार ४५ रुपैयाँ व्यवस्था गर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्