वाइसीएलको चेतावनीे : यातायात व्यवसायीले आन्दोलन फिर्ता नलिए प्रतिरोध गर्ने

काठमाडौं । सरकारले सिन्डिकेट अन्त्य गरेपछि अताल्लिएका यातायात व्यवसायीले आन्दोलन गरिरहेका बेला  नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएलले कडा चेतावनी दिएको छ।

केही यातायात व्यवसायी संगठनको नाममा चरणबद्ध आन्दोलन घोषणा भएको र यसले जनजीवनमा असुविधा, अस्तव्यस्तताको सृजना गर्दै आएको भन्दै वाइसीएलको ‘गैर–भूगोल’ प्रदेश (प्रदेश नम्बर १) समितिले खबरदारी गरेको छ ।

विज्ञप्ती जारी गर्दै उसले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू फिर्ता नलिए यसको विरुद्ध सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएको हो ।

सरकारले सार्वजनिक यातायात क्षेत्रको सिन्डकेट खारेज गर्ने गरेको निर्णयविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्