चुक्ता पूँजी पुर्याउन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद जारी गर्ने

काठमाडौं ३, पौष । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने भएको छ ।

नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्याउन इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्न लागेको हो ।

पुस १ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १७ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो। हाल ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको चुक्ता पूँजी, हकप्रद शेयर निष्काशनपश्चात ५ अर्ब नाघ्नेछ ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा हकप्रद शेयर निष्काशन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्