त्रिविकोको दीक्षान्त समारोहका कारण नेपाल सुपर लिग प्रभावित, आज कुनै खेल नहुने

काठमाडौं, १ पुस। त्रिभुवन विश्वविद्यालय (त्रिवि)को दीक्षान्त समारोहका कारण दशरथ रंगशालमा भइरहेको नेपाल सुपर लिग (एनएसएल) ३०२३ प्रभावित भएको हुने भएकोछ ।

त्रिविको दीक्षान्त समारोहका लागि पुस १ र २ गते रंगशाला माग भएपछि एनएसएलको खेल तालिका प्रभावित हुने भएको हो ।

रंगशालामा त्रिविको कार्यक्रम हुने भएपछि दुई दिनको खेल तालिका परिवर्तन भएको एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।

आयोजकले एनएसएल अवधिभरका लागि दशरथ रंगशालमा बुक गरेको थियो तर त्रिभुवन विश्वविद्यालयको आग्रहलाई स्वीकार गर्दै खेल तालिका परिवर्तन गरेको आयोजकले जनाएको छ ।

आयोजकले आज १ पुसमा तय भएको खेल पछि सारेको छ र आज कुनै खेल हुने छैन । आज तय भएको काठमाडौं रेजर्स र धनगढी एफसीबीचको खेल सोमबार साँझ ६ बजेका लागि सारिएको छ ।

आयोजकले २ पुसमा दीक्षान्त समारोह सकिएपछि दिउँसो तीन बजे रंगशालमा एनएसएल आयोजकलाई हस्तानतरण गर्ने आयोजकले जनाएको छ ।

त्यस्तै सोमबार ५ बजे तय भएको स्पोर्टिङ इलाम र ललितपुर सिटी एफसीको खेल मंगलबार दिउँसो १ बजे हुने भएको छ । जसले गर्दा मंगलबार दुई खेल हुनेछन् । यी दुई खेल बाहेक अन्य खेल भने पुरानै तालिका अनुसार हुनेछ ।

एनएसएलमा अब लिग चरणमा ९ खेल बाँकी छ । त्यसपछि प्लेअफ र फाइनलमा चार खेल हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्