पेट्रोल र डिजलको मूल्य भारतबाट घटेर आयो, नेपालमा के होला ?

काठमाडौं, २९ मंसिर। भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) ले शुक्रबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजलको मूल्य प्रति लिटर ३ रुपैयाँ घटेर आएको छ ।

आईओसीबाट हरेक १५ दिनमा मूल्यसूची आउने गरेको छ। निगमले आईओसीबाट आएको सूची अनुसार स्वचाति मल्य घटबढ गर्नु नियम छ । तर पछिल्लो समयमा नेपाल आयल निगमले यो नियमको पालना गरेको छैन । उताबाट घटेर आउँदा भने घटाइएको उदाहरण कम छ।

आईओसीको नयाँ मूल्यसूचीपछि मूल्य घटाउने/नघटाउने बारेमा अहिले निगमले सञ्चालक समितिमा छलफल गरिरहेको छ।

निगमलाई पेट्रोलमा प्रति लिटर ३ रुपैयाँ, डिजलमा २.८० रुपैयाँ, हवाई इन्धन आन्तरिकमा ८ रुपैयाँ र अन्तर्राष्ट्रियमा २२ रुपैयाँ नाफा छ। एलपी ग्यासमा भने निगमलाई प्रतिसिलिन्डर ३०० रुपैयाँ घाटा छ।

अहिले १५ दिनमा १६ करोड रुपैयाँ नाफा कमाइरहेको छ निगमको मुनाफा बढेर २ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। निगम अहिले ऋण मुक्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्