अपर तामाकोशीको हकप्रद सेयर बाँडफाँट

काठमाडौं २९, मंसिर । अपर तामाकोशी हाइड्रोपावरले बिक्री खुला गरेको १००% हकप्रद सेयर बिहीबार मंसिर २८ गते बाँडफाँट भएको हो ।

यस कम्पनीले १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्ताका लागि मात्र आवेदन परेको छ ।

कम्पनीको ७ करोड १० लाख २८ हजार ५३० कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ । बिक्री नभएको बाँकी सेयर अपर तामाकोशीले अब लिलामीमा ल्याउनेछ ।

कम्पनीले भदौ १८ देखि असोज २२ गतेसम्म १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्