कुमारी बैंकले पनि लाभांश वितरण नगर्ने

काठमाडौं २९,मंसिर । गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने कम्पनीहरुको लामो सूचीमा कुमारी बैंक पनि थपिएको छ । कुमारी बैंकको बिहीबार मंसिर २८ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो । कुमारीले आर्थिक वर्ष २०७८–७९ मा भने १२।७०५ नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्