हिमालयन रिइन्स्योरेन्सको प्रिमियम आइपीओ, आजबाट आवेदन दिन सकिने
काठमाडौं २७, मंसिर । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको साधारण सेयर आजबाट निष्कासन हुने भएको छ । अंकित मूल्य १०० रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँका दरले कम्पनीले सेयर खुला गरेको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा गएकालाई यसअघि नै सेयर बाँडफाँट गरिसकेको छ ।
कम्पनीले आज सूचना जारी गरि न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म सेयरका लागि आवेदन दिन सक्ने जनाएको छ । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको छ ।
कम्पनीका अनुसार सेयर खरिदका लागि आवेदन पुस १ गतेसम्म खुला रहनेछ । त्यो अवधिसम्म सेयर बिक्री नभए ढिलोमा पुस ११ गतेसम्मका लागि आवेदन खुला हुने जनाएको छ ।
कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ छ । ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गरेपछि चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्ने छ ।
प्रतिक्रिया दिनुहोस्