आज स्पोर्टिङ इलाम र वीरगंज युनाइटेडबीच खेल हुँदै

काठमाडौं, २७ मंसिर। नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज स्पोर्टिङ इलाम र वीरगंज युनाइटेडबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ पाँच बजे सुरु हुनेछ ।

यस सिजन थपिएका यी दुई नयाँ टोलील अंक तालिकामा भने पुछारमा छन् । त्यसैले शीर्ष चारमा रहँदै प्लेअफ पुग्ने हो भने दुवैका लागि आजको खेल ‘डु अर डाई’को अवस्थामा छ ।

पाँच खेलबाट एक जित र एक बराबरी नतिजामा ४ अंक जोडेको इलाम आठौं स्थानमा छ । इलामले तीन खेलमा हार बेहोरेको छ ।

इलामलाई प्लेअफको सम्भावना कायम राख्न आज जित आवश्यक छ । पराजित भएमा इलामको सम्भावना लगभग सकिनेछ । उता यस सिजन जितविहीन एक्लो टोली वीरगंज युनाइटेडो चार खेलबाट दुई बराबरी र दुई हारको नतिजाबाट दुई अंक मात्र छ ।

आजको खेलमा पराजित भए वीरगंज प्लेअफ होडबाट बाहिरिनेछ ।

प्रतिक्रिया दिनुहोस्