साना किसान विकास लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं २४, मंसिर । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र ५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
मंसिर २४ गते बिहान बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्