पुनर्निर्माण प्राधिकरणका नयाँ सीईओमा नेता पौडेलका सम्धी

काठमाडौं । सरकारले पुनर्निर्माण प्राधिकरणको कार्यकारी प्रमुख (सीईओ)मा पूर्वसचिव युवराज भुसाललाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणका सीईओ गोविन्दराज पोखरेलले दिएको राजीनामा स्वीकृत गरि भुसाललाई प्रमुख कार्यकारीमा नियुक्ती गरेको हो । पोखरेलले शनिबार मात्र राजीनामा दिएका थिए ।

भुसाल कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्