बरामद गरिएको १४ किलो सुनको छानबिन गर्न समिति गठन
काठमाडौं २२, मंसिर । बिहीबार राति त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलमा बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति बनाएको छ ।
भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा बनेको समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा छन् ।
बिहीबार राति करिव १४ किलो सुनसहित दुबईबाट आएका गोरखाका चन्द्र घले पक्राउ गरेका थिए ।
बिहीबार राति दुबईबाट आएका चन्द्र घलेको साथबाट करिव १४ किलो सुन बरामद भएको थियो ।
प्रतिक्रिया दिनुहोस्