नबिल बैंकले तीन अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै, ९ प्रतिशत ब्याज
काठमाडौं २१, मंसिर । नबिल बैंकले ९ प्रतिशत ब्याजको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो ।
बैंकले मंसिर २९ देखि पुस ३ गतेसम्म ऋणपत्र बिक्री गर्ने छ । ९ प्रतिशत नबिल डिबेन्चर २०८७ नाम दिइएको ऋणपत्र कुल ३ अर्ब रुपैयाँको हुनेछ ।
अंकित मूल्य १ हजार रुपैयाँ दरको ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरले बिक्री गरिने छ । बाँकी सर्वसाधारणका लागि छुट्याइएको छ ।
देशभरका २६५ स्थानबाट कारोबार गर्दै आएको नबिल बैंक पहिलो विदेशी संयुक्त लगानीको बैंक हो । बैंकले पुँजी आवश्यकता पूर्तिका लागि ऋणपत्र जारी गर्न लागेको हो ।
ऋणपत्रका लागि कम्तिमा २५ कित्ता र अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्