नेपाली सेनाले गरे निःशुल्क स्वास्थ्य शिविर : ६ सय जनाले सेवा लिए

काठमाडौं । नेपाली सेनाको एक नम्बर जगदल गणले मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको वडा नं। ५ खरकन्टारमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।

विपन्न वर्ग तथा सिमान्तकृत चेपाङ समुदायलाई लक्षित गरी सञ्चालन गरिएको शिविरबाट ६ सयभन्दा बढीले स्वास्थ्य सेवा पाएका छन् ।

शिविरमा चितवन मेडिकल कलेजका ८ जना विशेषज्ञ चिकित्सकसहित ३६ जनाको टोलीले सेवा दिएको एक नम्बर जनदल गणका गणपति रामचन्द्र थापाले जानकारी दिए ।

उनले सामाजिक सेवाबाट जनता र सेनाको सबन्ध बलियो बनाउने उद्देश्य राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्