यस वर्षका सम्मानीति कर दाताहरु यस्ता छन्

काठमाडौं, ७ मंसिर । सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ । सरकारले मंसिर १ लाई कर दिवसको रपमा मनाउँदै आएको छ ।

गत आर्थिक वर्ष २०७९÷८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गरेका हुन् ।

राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा करदातालाई सम्मान प्रदान गरिएको हो । आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।

सम्मान गरिएका करदाता कम्पनीहरू:

सबैभन्दा बढी आयकर, तिर्ने नेपाल दूरसञ्चार कम्पनी (टेलिकम)

निर्यात कारोबार्, डाबर नेपाल प्रालि

विषेश उद्योग, एसियन पेन्ट्स

कृषि एवम् पशुजन्य, ओबिसी फुड्स प्राली

सहकारी तथा लघुवित्त, छिमेक लघुवित्त

बैंक तथा वित्तीय संस्था, ग्लोबल आईएमई

बीमा÷लाइफ इन्स्योरेन्स कर्पोरेसन

स्वास्थ तथा शिक्षा, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल

पर्यटन, मनोकामना दर्शन प्रालि

वस्तु व्यापार, भाटभटेनी सुपरमार्केट

मध्यस्तरीय करदाता , नेपाल स्टक एक्सचेन्ज

ऊर्जा, भोटेकोसी पावर कम्पनी

रेमिटेन्स, आईएमई लिमिटेड

व्यक्ति आय, विजयकुमार शाह

आयकर, मुअकसहित सबैभन्दा धेरै कर तिर्ने र समयमै बिलबिजक बुझाउने (संस्थागतं) सूर्य नेपाल प्रालि यो दुई विधामा सम्मानित भयो

 

प्रतिक्रिया दिनुहोस्