नयाँ व्यवस्थापक आएपछि भैरहवा विमानस्थलको निर्माण कार्य तीव्र

काठमाडौं । निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कार्यको ठेक्का पाएको चिनियाँ कम्पनीले व्यवस्थापक परिवर्तन गरेपछि काम तीव्र रुपमा अगाडि बढेको छ ।

चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले नयाँ व्यवस्थापन ल्याएपछि राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको विमानस्थलको निर्माण कार्य तीव्र रुपमा अगाडी बढेको उक्त आयोजनाकी उप–प्रमुख चाँदमाला श्रेष्ठले बताइन् ।

यसअघिको चिनियाँ कम्पनीमा रहेको आयोजना म्यानेजरको अनुभबको कमि, भाषाको समस्या, अंग्रेजि भाषा बोल्न अफ्ट्यारो भएको कर्मचारीलाई विमानस्थलमा खटाएको थियो । तर, विभिन्न क्षेत्रको विवाद पछि कम्पनीले अहिले आयोजना म्यानेजरसहित अन्य कर्मचारीलाई पनि नयाँ व्यवस्थापनमा अनुभवी र दक्ष कर्मचारी पठाएपछि कामले तीव्रता लिएको हो ।
रकम लेनदेनको विषयमा विवाद भएपछि विमानस्थल निर्माण गर्ने चिनियाँ कम्पनी र नेपाली सह ठेकेदारबीच समस्याले निर्माण कार्य रोकिनुको साथै सुस्त गतिमा काम भएको थियो ।
साथै निर्माण कार्यमा अभाव भएका दक्ष कर्मचारी, मेसिनरी औजार तथा विभिन्न आवश्यक सामाग्रीहरु पनि चिनियाँ कम्पनीले केरुङ्ग नाकाबाट आयात गर्दै काम गर्दैै अगाडी बढाएको छ ।
‘केही महिना अघिसम्म निर्माण कम्पनीसँग औजारहरु प्रयोग गर्ने दक्ष कर्मचारी नहुँदा कम्पनीलाई काम गर्न समस्या परेको थियो, तर अहिले उसले चिनबाट नै दक्ष जनसक्ति ल्याएर तीव्र रुपमा काम अगाडि बढाएको छ ।
चौतर्फि विवाद भएपछि विमानस्थलमा औसतमा ८० जना जति कामदारले मात्र काम गराइरहेको कम्पनीले अहिले कामदार संख्या पनि बढाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्