सुन तोलामा ५ सय बढ्यो, चाँदीको कारोबार मूल्यमा पनि वृद्धि
काठमाडौं ५, मंसिर । साताको तेस्रो दिन पनि सुनचाँदीको मूल्यमा बढेको छ । सुन तोलामा ५ सय बढेको छ भने, चार दिनअघि कायम मूल्यको स्थिरता तोड्दै चाँदीमा सामान्य वृद्धि छ ।
मंगलबार सुनको कारोबार मूल्य प्रति तोला १ लाख १६ हजार २ सय पुगेको छ । तीन दिनपछि २ सय बढ्दा सोमबार प्रति तोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
गत शुक्रबार कायम प्रति तोला १ लाख १५ हजार ५ सयमा स्थिर रहेर आइतबार कारोबार भएको थियो। त्यसअघि तोलाको १ लाख १३ हजार २ सय थियो ।
चाँदीको मूल्य गत शुक्रबारदेखि सोमबारसम्म तोलाको १४ सय ५० रुपैयाँमा स्थिर थियो । मंगलबार ५ रुपैयाँ बढेर कारोबार मूल्य १४ सय ५५ रुपैयाँ भएको छ । गत बुधबार १३ सय ८० पुगेको चाँदी बिहीबार २० रुपैयाँ घट्दा तोलाको १३ सय ६० भएको थियो । शुक्रबार त्यसमा एकैपल्ट ९० रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रति औंस १९८०.७९ डलर रहेको सुनको कारोबार मूल्य सोमबार १९८०.७१ डलर थियो । मंगलबार बढेर प्रति औंस १९९२.५८ डलरले कारोबार भइरहेको छ ।
चाँदीमा पनि बढोत्तरी छ । आइतबार प्रतिऔंस २३.७३ डलरले कारोबार भएको चाँदी सोमबार २३.६७ डलर थियो र आज २३.७५ डलर छ ।
प्रतिक्रिया दिनुहोस्