१५८० प्रतिशत लाभांश पारित गर्न युनिलिभरले बोलायो साधारणसभा

काठमाडौं ५ मंसिर । युनिलिभर नेपालले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न साधारणसभा बोलाएको छ। कम्पनीले मंसिर २६ गते ३० औं साधारणसभा बोलाएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। यो कम्पनीले अहिलेसम्म वितरण गरेको लाभांशमध्ये सबैभन्दा धेरै हो ।

लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १२ गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्