अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र चलायमान बनाउने विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दैछन् । छलफल आज दिउँसो दुई बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा गर्दैछ ।
प्रधानमन्त्री प्रचण्डले यसै विषयमा सोमबार अर्थ मन्त्रालय, राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, विकाससँग सरोकार राख्ने मन्त्रालयका मन्त्री, सचिव तथा अन्य सम्बन्धित पदाधिकारीहरुसँग छलफल गरेका थिए । सोही छलफलले निजी क्षेत्रसँग पनि छलफल गर्न लागेका हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यका अनुसार प्रधानमन्त्रीको ११ महिने कार्यकालमा अर्थतन्त्रमा देखिएको सुधार र विद्यमान चुनौतीहरुबारे समीक्षाका लागि यो छलफल केन्द्रित हुने जानकारी दिए । ।
यो बैठकपछि प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकारले गर्ने केही ठोस नीति तथा कार्यक्रमहरु घोषणा गर्ने अपेक्षा गरिएको छ । केहि समयदेखि अर्थतन्त्रमा सुस्तता आएको छ ।
प्रतिक्रिया दिनुहोस्