भारतको सपना चकनाचुर: विश्वकपको उपाधिमा ‘ह्याट्रिक’ गर्ने चाहनालाई ट्राभिस हेडले रोकिदिए
काठमाडौं, ४ मंसिर,। आईसीसी एकदिवसीय १३औं संस्करण विश्वकप क्रिकेट औपचारिक रुपमा सकिएको भएको छ । भारतको अहमबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई हराउँदै उपाधिमाथी कब्जा जमाएपछि तेस्रो पटक विश्वकप जित्ने भारतको सपना एकपटक ध्वस्त भएको छ ।
फाइनल खेलमा भारत अस्ट्रेलियासँग ६ विकेटको फराकिलो अन्तरले पराजित भयो । टस हारेर सुरुवातमा ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर भारतले २४० रन जोड्न सक्यो । उसका लागि केएल राहुलले सर्वाधिक ६६ र विराट कोहलीले ५४ तथा कप्तान रोहित शर्माले ४७ रन जोड्नबाहेक अन्य कुनैपनि ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।
केएल राहुलले ६६ रन बनाएर आउट हुनुअघि १०७ बलमा १ चौका मात्र प्रहार गर्न सकेका थिए।
विराट कोहलीले ५४ रनको योगादन गरे। अस्ट्रेलियाका कप्तान पाट कमिन्सले २८।३ ओभरमा आउट गर्नु गर्नुअघि उनले ६३ बलमा ४ चौका हिर्काए।
भारतले १० ओभरपछि ९७ बल खेलेपछि मात्र बाउन्ड्री प्रहार गर्दा रनरेट घटेको थियो। दशौं ओभरपछि भारतका केएल राहुलले २६।२ ओभरमा चौका प्रहार गरेका थिए।
भारतका ओपनिङ ब्याट्सम्यान शुभमन गिल पाँचौ ओभरमा ४ रनमै आउट भएका थिए। उनलाई मिचेल स्टार्कले एडम जाम्पाबाट क्याच गराएका थिए ।
भारतलाई सस्तैमा रोक्नेक्रममा बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए। उनले १० ओभरमा ५५ रन खर्चिए। जोश हजलउड र पाट कमिन्सले २–२ विकेट लिए। ग्लेन म्याक्सवेल र एडम जाम्पाले ११ विकेट लिन सफल भए।
२४१ रनको मध्यम लक्ष्य पछ्याएको विश्वविजेता अस्ट्रेलियाले खेल सकिन ४२ बल बाँकी रहेकै अवस्थामा मात्र ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । अस्ट्रेलियालाई कीर्तिमानी जित दिलाउनेक्रममा नायक सावित भएका ट्राभिस हेडले शानदार प्रदर्शन गरे ।
ओपनरको रुपमा मैदान छिरेका हेडले ४३ रनमा ३ विकेट गुमाएको अवस्थाबाट पारी सम्हालेका थिए । उनले मार्नस लबुसेनसँग शतकीय साझेदारी गर्दा अस्ट्रेलियाको जित सहज बनेको थियो। लबुसेनले पनि अर्धशतक प्रहार गर्न सफल भए।
तीन विकेट गएपछि हेड र लबुसेनले सम्हालिए ब्याटिङ गरेका थिए। हेडले १३७ रनको योगदान गरे। उनले १२० बलमा १५ चौका र ४ छक्का प्रहार गरे। उनले लबुसेनसँग चौथो विकेटका लागि १९२ रनको साझेदारी गरे। लबुसेनले नटआउट ५८ रन जोडे।
यो जितसँगै अस्ट्रेलियाले कीर्तिमानी छैठौं पटक विश्वकपको उपाधि उचालेको छ । उसले यसअघि सनु १९८७, १९९९, २००३, २००७ र २०१५ मा गरेर ५ पटक उपाधि हात पारेको थियो । सन् २०२३ को उपाधि कब्जा गरेसँगै अस्ट्रेलियाले पुनः एकपटक विश्व क्रिकेटमा सनसनी मच्चाउन सफल भएको छ ।
विश्वकप क्रिकेटको १३औं संस्करणसम्म आईपूग्दा हालसम्म अस्ट्रेलिया बाहेक कुनैपनि टिमले दुई पटकभन्दा बढी उपाधि उचाल्न सकेका छैनन् ।
यसअघि दुई पटक उपाधि जितेर विश्वकपको उपाधिमा ह्याट्रिक गर्ने भारतको सपनामा यसपटक अस्ट्रेलियाका हेड बाध बने ।
प्रतिक्रिया दिनुहोस्