नेपाल एसबीआई बैंकले गर्यो लाभांश घोषणा
काठमाडौं ४, मंसिर । नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।
बैंकको मंसिर १ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ३.७५% बोनस सेयर र ६.८०% नगद गरी (कर सहित) कुल १०।५५% लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र एसबीआईको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । बैंकले अघिल्लो वर्ष भने ३% बोनस सेयर र ७.५३% नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्