सोल्टी होटलले लाभांश दर पनि बढायो, ५ वर्षयताकै धेरै

काठमाडौं ४ मंसिर । गत आर्थिक वर्ष नाफामा फराकिलो छलाङ मारेको सोल्टी होटलले लाभांश दर पनि बढाएको छ ।

होटलले गत आर्थिक वर्ष नाफाबाट ३१.५८ प्रतिशत प्रतिफल बाँड्ने घोषणा गरेको हो। पोहोर २६.३२ प्रतिशत वितरण गरेको थियो।

प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत मात्रै बोनस सेयर हो। बाँकी नगद दिने संचालकहरुले निर्णय गरेका हुन् ।

हाल सोल्टीको चुक्ता पुँजी ८८ करोड ४७ लाख रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि चुक्ता पुँजी ४ करोड ४२ लाख रुपैयाँले बढेर ९२ करोड ८९ लाख नाघ्नेछ ।

लाभांश पारित गराउन कम्पनीले पुस २६ गते वार्षिक साधारण सभा डाकेको छ। यसका लागि पुस ५ गते बुक क्लोज तय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्