ग्लोबल आइएमइ बैंकले डाक्यो मंसिर २८ गते साधारणसभा
काठमाडौं १, मंसिर । ग्लोबल आइएमइ बैंकले मंसिर २८ गतेका लागि वार्षिक साधारणसभा डाकेको छ । बैंकले लाभांश पारित गर्न साधारणसभा डाकेको हो ।
बैंकले यस पटक लाभांश प्रस्तावलाई बढि जोड दिएको छ । चुक्ता पुँजी र व्यापार व्यवसायका हिसाबले देशकै ठूलो बाणिज्य बैंकले यस आर्थिक वर्षदेखि मर्जरलाई प्राथमिकताबाट हटाएको हो । केन्द्रीय बैंक र सरकारको नीति अनुसार हरेक वर्ष उसले मर्जरलाई प्राथमिकतामा राख्ने गरेको थियो ।
बैंकले १ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । यसबाहेक ८ प्रतिशत नगद लाभांश दिने भएको छ ।
बैंकको साधारणसभाले सञ्चालक समिति पनि चयन गर्नेछ । संस्थापकबाट तीन र सर्वसाधारणबाट अर्को तीनजना नयाँ सञ्चालकको चयन हुनेछ ।
त्यसै गरि बैंकको लाभांश पाउनका लागि मंसिर १२ गतेसम्म सेयरधनी भइसक्नु पर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्